मकवानपुर । बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।
धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-२ हटिया निवासी श्रेष्ठलाई सोमबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ गराएका हुन् । संविधान अनुसार मुख्यमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारकाे मुख्य कानुनी सल्लाहकार समेत हुनेछ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो ।