मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले व्यवसायीलाई सहयोग छ । मउवासंघले स्थापना गरेको व्यवसायी हित कोषबाट विहीबार १ व्यवसायीलाई आर्थिक सहयोग गरेको हाे ।
विहीबार संघले कार्यक्रमकाे आयाेजना गरी हेटौंडा–८ मा आर के किराना स्टोर्सको नामबाट व्यवसाय गर्दै आएका रामकृष्ण लामिछानेको पसलमा आगलागी भई क्षति पुगेकोमा ५० हजार रुपैया सहयोग गरिएको हो । लामिछानेलाई संघको सचिवालयमा संघ अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र व्यवसायी हितकोष व्यवस्थापन समितिका संयोजक अनिल भक्त श्रेष्ठको संयोजनमा कार्यक्रम गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
संघले २०७२ सालमा व्यवसायी हितकोष स्थापना गरी दैवी विपत्ति परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको संघ अध्यक्ष गुप्ताले बताए ।