मकवानपुर । मकवानपुरे कवी शान्ति प्रियवन्दनाकाे कविता संग्रह “जिल खाइरहेकाे एक्काइसौं शताब्दी” प्रकाशित हुने भएकाे छ । कविता संग्रह प्रकाशनकाे अन्तिम तयारीमा रहेकाे कवी शान्तिले बताइन् ।
१२/१४ बर्षकाे उमेर देखि कविता लेख्दै साहित्यमा प्रवेश गरेकी उनकाे पहिलाे कविता २०५४ मा छापिएकाे थियाे । जिल खाइरहेकाे एक्काइसौं शताब्दी पहिलाे साहित्यिक संग्रह भएकाे कवी शान्ती प्रियवन्दना बताउँछिन ।
कविता बाहेक निबन्ध , गजल मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवी प्रगतिशील लेखक संघ मकवानपुरकाे वर्तमान अध्यक्ष हुन् । उनी जिल्लाकै पहिलाे महिला अध्यक्ष समेत हुँन् ।
आगामी पुष २४ गते शनिवार हेटाैंडामा कविता सङ्ग्रहकाे विमाेचन गर्ने तयारीम रहेकाे उनले बताइन् ।