मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरकाे २७१ औं साहित्य शृङ्खला सिक्किमकाे गान्ताेकमा आयाेजना गरिएकाे छ ।
सिक्किमेली “चिया कविता” नामक संस्थासँगकाे सहकार्यमा आयाेजित कार्यक्रममा सिक्किमेली तथा झसापका भ्रमण टाेलीमा सहभागी दर्जन बढी कवि साहित्यकारहरूले कविता विधाका रचना वाचन गरेका थिए ।
सिक्किममा रहेर नेपाली भाषा तथा साहित्यकाे उन्नयन तथा सिर्जनामा साधनारत जीविका “अश्रु”, तेजमान बराइली एवम् “चिया कविता” समूहका संयाेजक प्रवीण खालिङलाई आयाेजना सहकार्यकाे वातावरण निर्माणमा सहयाेग गरेकाेले झरना परिवारले धन्यवाद तथा आभार व्यक्त गरेकाे छ ।
कार्यक्रममा मकवानपुरे नेपाली कविहरू आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सचिव भावना सापकाेटा, झसापका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, संस्मरण एवम् नियात्राकार अप्सरा पुडासैनी, प्रलेस मकवानपुरकी अध्यक्ष शान्तिप्रिय वन्दना, प्रलेस नेपालका केन्द्रीय पार्सद सुवास खनाल, झसाप सल्लाहकारहरू जनार्दन खनाल, संस्थापक अध्यक्ष एवम् सल्लाहकार रमेशमाेहन अधिकारी, झसाप अध्यक्ष दीपक गाैतम लगायत उपस्थिति रहेकाे झसाप अध्यक्ष दीपक गाैतम बताए ।
यसै गरी सिक्किमेली नेपाली कविहरू दीपा राई, राधा पाण्डे, लुइस बिष्ट, सिक्किम गजल मञ्चकी संस्थापक अध्यक्ष जीविका ‘अश्रु, अग्रज कवि प्रवीण राई ‘जुमेली’, प्राध्यापक तेजमान बराइली, चिया कविता समूहका संयाेजक प्रवीण खालिङ लगायत उपस्थिति रहेकाे थियाे ।
नेपाली साहित्य परिषद्, सिक्किमलाई साहित्यिक कार्यक्रम तथा पर्यटन अवलाेकन तथा अन्तरक्रियाकाे अवसरका निम्ति झसाप अध्यक्ष गाैतमले विशेष आभार व्यक्त गरेका छन् ।