मकवानपुर । नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक तह चौथो वर्षको छात्रावृत्तिमा क्याम्पसले अनियमिता गरेको भन्दै विज्ञप्ती प्रकाशित गरी प्रमुख उपाध्यायलाई ध्यानाकर्षण गराउँदै पत्र बुझाएकाे हाे ।
नियम विपरीत छात्रावृत्तिमा विद्यार्थीको नामावली प्रकाशन भएको भन्दै ध्यानाकर्षण गरेको कमिटी संयाेजक आशिष रौनिहारले जानकारी दिए । नियम अनुसार २४ घण्टाभित्र छात्रावृत्तिमा विद्यार्थीको नामावली सच्चाउन अल्टिमेटम दिएको छ ।
यस समयभित्र काम कारबाही अगाडि नबढाए अनेरास्ववियुले कडा कदम चल्नुका साथै संघर्षको समयमा हुने सम्पूर्ण क्षति क्याम्पस प्रशासनले नै जिम्मेवार लिनुपर्ने कमिटि संयोजक रौनिहारद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।
