मकवानपुर । मकवानपुर उद्योग वाणिज्यसंघको साधारण सभा आइतबारबाट हेटौंडामा सुरु भएको छ । मउवा संघकाे ५४ औ र ५५ औ साधारण सभा सुरु भएकाे हाे ।
कोभिड-१९ कारण प्रतिनिधिमुलक उपस्थिती तथा जुम एप्स मार्फत सुरु भएकाे साधारण सभा संघ अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला सभापती तथा बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, प्रदेश महासंघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधिहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतकाको अतिथ्यता रहेको थियो ।
कार्यक्रममा २०१८ की मिस नेपाल श्रृङखला खतिवडा, संगीतकार शिखर सन्तोष, व्यवसायी तथा समाजसेवी रामचन्द्र बर्तौला, हेटौंडा खानेपानी व्यवस्थापन वोर्ड लगायत विभिन्न व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
निर्वाचनकाे कार्यक्रम कात्तिक ९ गते , अध्यक्षमा न्यौपाने र अग्रवाल प्रतिस्पर्धामा
संघको यस साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्व चयनकाे लागि निर्वाचन कात्तिक ९ गते मंगलबार हुदैछ । संघकाे नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालले प्यानल बनाएर उम्मेदवारी घाेषणा गरेका छन् । अध्यक्ष पदका उम्मेदवार न्याैपाने र अग्रवाल बीच कडा प्रतिस्पर्धा हुने भएकाे छ ।
संघकाे चुनावमा न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्य पहको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउतलगायतत रहेका छन् ।
यस्तै अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, वस्तुगततर्फको उपाध्यक्ष पदमा काब्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, सन्तोष कुमार अर्याल,गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।
निर्वाचित सदस्यहरुबाट १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र १ कोषाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै थप ३ जना सदस्य मनोनित गरिने जनाइएको छ । संघको समितिमा १२ जना पदाधिकारी र २० जना सदस्य गरी कूल ३२ जना रहने जनाइएको छ ।