मकवानपुर । हेटौंडामा ईन्जिनियरहरुले विरोध प्रदर्शन गरेका छन् । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख ईन्जिनियर जागेश्वर कुशवाहालाई गरिएकाे दुर्व्यवहारको विरोधमा हेटौंडाका ईन्जिनियरहरुले विरोध प्रदर्शन गरेका छन।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले ईन्जिनियर कुशवाहालाई कात्तिक ४ गते दुर्व्यवहार गरेका थिए । कुशवाहाकाे कार्यालय पुगेका जनमत कार्यकर्ताले कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका थिए ।
उक्त दुर्व्यवहारकाे विराेधमा शनिबार बिहान हेटौंडाको बुद्धचोकमा ईन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका हुन । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको आयोजनामा मकवानपुरका सरकारी कार्यालयका तथा निजि कन्सल्टेन्सीका ईन्जिनियरहरुको उपस्थितीमा विरोध प्रदर्शन गरिएको हो ।