मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्ट हेटौंडामा सम्मानीत भएका छन् । सचेत नागरिक युवा समुह हेटाैडा र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्रले संयुक्त रुपमा मकवानपुरे फुटबल खेलाडी विष्टलाई सम्मान गरेको हो ।
१३ औं साफ च्याम्पियनसिप फुटबबल प्रतियोगितामा नेपाललाई फाइनलमा पु¥याउन उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अन्जनलाई सम्मान गरिएको हो । अन्जनले साफकाे फाइनल खेल खेल्न नपाएपनि समुह चरणको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनशिपको फाइनलमा पु¥याएका थिए । अन्जनले देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको र मकवानपुरे नागरिक हौं भन्न गर्व अनुभव भएको सचेत नागरिक युवा समुहका अध्यक्ष शिव नारायण श्रेष्ठले बताए ।
कार्यक्रममा अन्जन विष्टका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो । यस्तै साफ फुटबलमा सहभागी नेपाली राष्ट्रिय टिमका अर्का मकवानपुरे खेलाडी सुनिल बललाई समेत सम्मान गर्ने बताइएकाे छ । शुक्रबारकाे सम्मान कार्यक्रममा सुनिल काठमाडौं रहेका कारण उनलाई अर्को पटक सम्मान गरिने सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडाका अध्यक्ष प्रदिप कंडेलले जानकारी दिए ।