मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फैसला बमाेजिम कैद तथा जरिवाना भुक्तान नगरेका ८ जना प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतकाे विभिन्न मितिकाे फैसलाले चेकअनादर मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका २ जना , लागुऔषध मुद्दाका २ जना र बैदेशिक रोजगार न्यायाधिकरणकाे फैसलाले वैदेशिक राेजगार ठगी मुद्दाका १ जना समेत गरी ८ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७८ बैशाक १६ गतेको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी हेटाैडा उपमहानगरपालिका वडा नम्बर १२ का २३ वर्षिय उमेश वि.क. २२ वर्षिय श्याम वि.क. र २२ वर्षिय विशाल भन्ने हरि वि.क. पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १२ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०६८ चैत २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना ३ दिन कैद र २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बसामाडी १ नेवारपानी हाल हेटाैडा उपमहानगरपालिका १९ बस्ने वर्ष ३१ लक्ष्मण बहादुर गोले पक्राउ परेका छन् । गाेलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटाैडा १९ (बसामाडी) बाट पक्राउ गरिएकाे प्रहरी निरीक्षक दासले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७६ मंशिर १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ४ महिना ३ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौडा उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष २४ को प्रदिप प्रजा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा वडा नं. १५ स्थितबाट प्रजालाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
बैदेशिक रोजगार न्यायाधिकरणको २०७६ बैशाक १७ गतेको फैसलाले बैदेशिक रोजगार ठगी मुद्धामा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मनहरी गाउँपालिका वडा नं. ३ हाँडीखोला घर भई हाल जिल्ला काठमाडौं २६ बस्ने वर्ष ४९ कुमार प्रसाद पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी ३ बाट पाैडेललाई पक्राउ गरिएकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७७ चैत ९ गतेको फैसलाले लागुऔषध मुद्धामा ७ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौडा उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष ५८ को राम बहादुर बल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ स्थितबाट बललाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
यसैगरी निमित्त प्रवक्ता दासका अनुसार मकवानपुर जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसलाले लागुऔषध मुद्धामा १ बर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरगढी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ६८ को बिष्णु लाल रुम्बा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी ४ स्थितबाट रूम्बालाई पक्राउ गरिएकाे हाे ।
पक्राउ परेका ८ जनालाई आवश्यक कारवाहीको लागि कार्तिक ४ गते जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको समेत मकवानपुर प्रहरीले जनाकारी दिएकाे छ ।