मकवानपुर । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने र घाइतेकाे निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
कात्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बैठकले परिवारको १ जनामात्रै मृत्यु भएको भए प्रति व्यक्ति २ लाख रुपैयाँ र १ जना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको हाे । यसैगरी बाढीपहिरोमा परी घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएकाे छ ।
मन्त्रिपरिषद् बैठकले अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई सुचारु गर्ने निर्णय गरेको छ । बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय समेत सरकारले गरेकाे छ । आजकाे मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने निर्णय गरेकाे हाे ।
घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।