मकवानपुर । मकवानपुरमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ४२ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छ । यस्तै मंगलबार जिल्लामा थप ६ जना कोरोना संक्रमण निकाे भएका छन् । जिल्लामा हाल ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
१ लाख ३१ हजार १४४ जनाले लगाए कोरोना बिरुद्धको पूर्ण खोप
मकवानपुरमा १ लाख ३१ हजार १४४ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । कोरोना बिरुद्धको पहिलो खोप भने १ लाख ७४ हजार ९ सय ६५ जनाले मात्र लगाएका छन् । कोरोना भाइरस संक्रमणको पहिलाे लहरमा निकै कमले खाेप लगाएका थिए । तर काेराेनाकाे दोस्रो लहर फैलिएपछी भने खाेप लगाउनेकाे संख्या बढेकाे पाइएकाे हाे ।
अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका १० वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उनले जानकारी दिए ।
