धादिङ । धादिङमा गाउँपालिका अध्यक्ष कार्यक्रम स्थलबाट लखेटिएका छन् । नेकपा एकिकृत समाजवादी अनुशासन आयाेगका सदस्य तथा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ दशैकाे शुभकामना कार्यक्रममा कार्कीडाडामा आयाेजित कार्यक्रममा लखेटिएका हुन् ।
अध्यक्ष श्रेष्ठले आफुले अबसर नपाएकाे र पद नपाएकाे भाषण गर्न थालेपछि स्थानिय युवाहरुले कार्यक्रम विथाेलेका थिए । एमालेकाे सुर्यचिन्हबाट चुनाव जिताएका जनताले नेकपा एसतिर लागेकाे भन्दै गाउँबाट लखेटेका हुन । युवा क्लबले आयाेजना गरेकाे कार्यक्रममा श्रेष्ठले सहभागिहरुले गाउँकाे विकासमा ध्यान नदिएकाे र याेजना बनाएर काम नगर्दा बिकास नभएकाे बताएका थिए ।
रणनीतिक याेजना नबनाई ताेक आदेशमा आफु समर्थकलाई मात्र याेजना बाँडेकाे आराेप लागेकाे बेला गाउँमा नयाँ पार्टीमा लाग्न गाउँ चार्दै हिडेका अध्यक्षलाई पहिला विकास देउ भन्दै माग गर्न थालेका छन् । नेकपा एसका नेताका रुपमा चिनाउन खाेजेकाे र अन्य दललाई हाेच्याएपछि गाउँका युवाहरुले कार्यक्रम विथाेलिनेगरि प्रतिवाद गरेका हुन् । घटनाका कारण दुई जना सामान्य घाईते भएका थिए ।