मकवानपुर । सरकारले साफ च्याम्पियनसिपका खेलाडीलाई जनही ५ लाख दिने भएकाे छ । मन्त्रिपरिषद्को कार्तिक १ गते सोमबारकाे बैठकले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । माल्दिभ्समा सम्पन्न १३ औँ साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहेको हो । नेपाली टोली आज (सोमबार) मात्र नेपाल फर्किएको छ ।