मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा–काठमाडाैं चल्ने सुमाले ताेकिएकाे भन्दा बढी भाडा लिएकाे गुनासाे आए पछी नियन्त्रणमा लिएकाे छ । चाडवाडकाे समयमा यात्रुसँग तोकिएको भन्दा बढी रकम लिएको भन्दै प्रहरीले ५ वटा सुमो नियन्त्रणमा लिएको हाे ।
बढी भाडा लिएको गुनासो आएसंगै प्रहरीले आईतबार चेकजाँचलाई कडाई गर्दा ५ वटा सुमोले तोकिएको भन्दा दोब्बर भाडा लिएको पाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए ।
‘आईतबार हेटौंडाबाट काठमाडाैं जाँदै गरेको ५ वटा सुमोलाई नियन्त्रणमा लिएको र यात्रुको भाडा रकम फिर्ता गरिएको छ’ निमित्त प्रहरी प्रवक्ता दासले भने । उनका अनुसार बढी भाडा लिने ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८, ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्बरका सुमो नियन्त्रणमा लिइएकाे छ ।