मकवानपुर । हेटाैडामा बसले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु भएकाे छ । हेटौंडा-१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
शुक्रबार राती नारायणगढबाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ बर्षीय सुशान्त दियालीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए। माेटरसाइकललाई ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ।