मकवानपुर । हेटौंडामा थ्रेसर पल्टदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा धान काट्ने थ्रेसर पल्टिदा त्यसमा सवार १ जानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएकाे हाे । थ्रेसरमा सवार ४ जना मध्ये अन्य ३ जना घाईते भएका प्रहरीले बताएकाे छ ।
पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बर को धान काट्ने थ्रेसर अनियंत्रित भई सडक छेउमा पल्टिएको थियाे ।