मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले बागमती प्रदेश अन्तर्गतका मातहत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ब्यारिकेट वितरण गरेकाे छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका निमित्त ट्राफिक व्यवस्थापन एवम् सुरक्षा चेकजाँचलाई प्रभावकारीता दिन ब्यारिकेट वितरण गरिएको हाे ।
सवारी साधनको प्रयोग गरी दुर्घटना तथा विभिन्न अपराधिक घटना घटाई अपराधी फरार हुने हुँदा भरपर्दो सुरक्षा चेकजाँचका लागि बागमती प्रदेश अन्तर्गतका विभिन्न प्रहरी ईकाईहरुलाई १२ थान ब्यारिकेट वितरण गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीलाई साधनस्रोत सम्पन्न गराई समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्युनिकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश प्रहरी कार्यालयको पहलमा उक्त ब्यारिकेट वितरण गरी प्रयोगमा ल्याईएको अधिकारीले बताए ।