खुशी ‘कला’
दसैँ आयो हुने खानेलाइ माला माल उस्तै छ ।
गरिबलाई कसरी बाँच्ने बचाँउने सवाल उस्तै छ।
बाध्यताले परदेश रोज्यो, चाडमा स्वदेश सम्झ्यो,
चसक्क हुन्छ मन, साहुको ऋणकाे पर्खाल उस्तै छ।
अर्को वर्ष दसैँ मनाउँला आमा भन्छ परदेशी ,
थपिँदो कर्तव्य, जिम्मेवारी हरेक साल उस्तै छ ।
पार्टी प्रवेश गरे मात्र राहत पाउछ एउटा पिडितले,
चर्चा केन्द्रित समाजसेवा पीडितको हाल उस्तै छ ।
आफ्नो हैसियत हेर्दै चाडवाड मनाउनुस् महोदय,
नविर्सनुस् दसैँको भोलिपल्ट अनिकाल उस्तै छ ।
लेखनाथ कास्की हाल जर्मनी