मकवानपुर । साहित्य संगम मकवानपुरले शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ । संगम मकवानपुरले शनिबार हेटौंडा—४ मा रहेको साहित्य संगमकाे भवनमा बडादशै, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेको हाे ।
साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुले शुभकामना आदानप्रदान गर्नुका साथै मुक्तक, गजल र कविता वाचन गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, संगमकै पूर्व अध्यक्ष सुवास खनाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्ज मकवानपुरका अध्यक्ष देवराज तिवारी, मुक्तिगोविन्द बैद्य, तुल्सी घिमिरे,जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ, संगमका उपाध्यक्ष सानु खनाल, विश्वनाथ संजेल, सचिव डीबी बर्तौला, मसन उपासक लगायतको उपस्थिति थियो ।