मकवानपुर । नेकपा एमालेकाे दसाैं महाधिवेशन बुटवलमा हुने भएकाे छ । आउँदाे मंसिरमा एमालेले दसाैं महाधिवेशन बुटवलमा गर्ने बुटवलमा घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन आइतबार सम्पन्न भएकाे छ ।
यसअघि महाधिवेशनले ३ वटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा असाेज १५ गते शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।