मकवानपुर । प्रहरी दिवस २०७८ काे अवसरमा हेटाैंडामा रक्तदान गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा ६६ औं प्रहरी दिवस २०७८ अवसर पारी रक्तदान कार्यक्रम गरिएकाे हाे ।
असाेज १५ गते विहीबार नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।
नेपाल प्रहरी स्थापनाको अवसर पारी हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरु आयाेजना गरदै आएकाे छ । प्रहरी दिवसकै अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाले खेलकुदका विभिन्न गतिविधि, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
आगामी असोज २० गते ६६ औं प्रहरी दिवस २०७८ मनाईदै छ ।
