पार्वती भट्ट
१.
हेर्नुस् बाहिर देखिनेभन्दा, भित्र फरक हुन्छ
व्यवहारकाे छाप, मुहारकाे चित्र फरक हुन्छ
हामी भ्रममा हुन्छाैं र त एेनामा विश्वास गर्छाैं
अरे यार ! एेना र मान्छेकाे चरित्र फरक हुन्छ ।
२.
लाग्छ, प्रेम पनि पीडाहरुकाे, मीठाे गीत हुनुपर्छ
गुलाबी पत्रपत्रमा बिम्बित, सौन्दर्य शीत हुनुपर्छ
प्रेमकै सेरोफेरोमा अडिएकाे, देखिन्छ याे संसार
सायद ! यही नै प्रकृतिको, अनुपम रीत हुनुपर्छ ।
३.
कहिले खडेरी जस्तै लाग्छ, कहिले झरी जस्तै लाग्छ
वसन्तमा प्रफुल्ल, शिशिरमा विरक्त चरी जस्तै लाग्छ
साँच्चै ! पढ्दै जाँदा बुझ्दै जाँदा भिन्न भिन्न अध्यायलाई
जिन्दगी, पाटीमा लेखिने अनि मेटिने, खरी जस्तै लाग्छ ।
४.
थाेक हुने काेसिस गर्दागर्दै, खुद्रा पसल भै दियाे
दुखी किसानका रुखा गराकाे, फसल भै दियाे
अनिदा सपनाहरु बाेकेर मात्रै सुन्दर जिन्दगानी
के बन्थ्याे र समृद्ध राजधानी, माेफसल भै दियाे ।
५.
जीवनका कयौं उतारचढावहरुले, प्रसन्न बनाएका छन्
अनेकाैं अनुभूति र संवेदनाहरुले, व्युत्पन्न बनाएका छन्
तिम्राे अभाव, तिम्राे स्वभाव र तिम्राे प्रभाव छ सम्झनामा
साँच्चै ! अभावै अभावहरुले मलाई, सम्पन्न बनाएका छन् ।
डडेल्धुरा