मकवानपुर । मकवानपुर प्रहरीले जवरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २८ वर्षीय ओम पुलामी मगर रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतको २०७७ साल चैत्र १८ गतेको फैसलाले जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद भुक्तान गर्न बाँकी भई फरार रहेका मगरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मगरलाई हेटौंडा उपमहानगरपालिका–९ बाट पक्राउ गरी आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।