मकवानपुर । नेपाली कांग्रेस हेटौंडा नगर सभापतिमा उत्सव इटेनी विजयी भएका छन् । इटेनीकाे प्यानलले नै जीत हासिल गरेको छ। शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनी र अन्य पदका इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन्।
उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई पराजित गरी विजयी बनेका हुन। नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १ सय ३२ मत प्राप्त गरेका छन।
उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका डोल्मा स्याङ्बोले २ सय ५७ र रामकृष्ण कोइरालाले ३ सय मत प्राप्त गरी विजयी बनेका हुन,अर्का उपसभापतिका उम्मेदवार ज्योती कोइराला १ सय २६ शेशन गोले ९३ ले प्राप्त गरेका छन।
त्यसैगरी सचिवमा सविन न्यौपानेले २ सय ९७ मत र हर्क रत्नलामाले २ सय २२ मत प्राप्त गरी विजयी भएका छन। सचिवका अर्का उम्मेदवार कुमार पोखरेलले १ सय ६३ गंगा प्रसाद पौडेलले १ सय १० मत प्राप्त गरेका थिए ।
त्यसैगरी सहसचिवमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी हुँदा सहसचिवका अर्का उम्मेदवार अञ्जनी पराजुलीले १ सय ५७ मत , र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन। ४ सय २३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४ सय २१ मत मात्र खसेको थियो।