मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी समाजवादी मकवानपुरले केदारनाथ दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । शनिबार हेटौडामा भएको जिल्ला कमिटी घोषणाबाट लामो समय कम्युनिष्ट राजनिती गरेका नेकपा माओबादी केन्द्रका नेता बालकृष्ण चौलागाईं केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।
कार्यक्रम्मा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी समाजवादीका केन्द्रिय संयोजक राजु कार्की तथा बिशेष अतिथिमा नेकपा समाजवादी प्रवक्ता मानबहादुर तामाङ,बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना,दुई नम्बर प्रदेश इन्चार्ज बद्री यादव,श्याम प्रसाद दहाल, माधव दाहाल तथा युवा नेता राजेन्द्र पुडासैनीको उपस्थिति रहेको थियो ।
जिल्ला कमिटीको जिम्मेवारी आगामी बैठकबाट टुङ्गो लागाउने जिल्ला इन्चार्ज दुलालले बताएका छन ।