मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा भएको अधिवेशनको निर्वाचनमा सभापतिमा प्रकास वर्ताैला निर्वाचित भएका छन् । सभापतिका अर्का प्रतिस्पर्धी शंकर न्यौपानेलाई २१ मतले पछि पार्दै बर्तौला गाउँपालिकाको सभापतिमा निर्वाचित भएका हुन् ।
प्रकाश बत्तौलाले ८२ मत पाएका थिए भने न्यौपानले ६१ मत ल्याएका थिए । यस्तै कांग्रेस मनहरी गाउँपालिकाको उपसभापतिमा सुर्य बाहादुर रोक्का र राजु थापा, सचिवमा अनन्त प्रकाश अर्याल, हरीचन्द्र शाही ठकुरी, सहसचिव चट्टान स्याङ्तान र गंगा कोइराला सर्वसम्मत निर्वाचित भएका छन् ।