बासुदेव गुरागाईं
१.
पुग्दैन याे किन भन्थेँ सधैँ मनकाे धाेकाे
खनीखाेस्री जे गरे’नि सधैँ तनकाे भाेकाे
साेद्धाखाेज्दा आजित भएँ किन हुन्छ यस्ताे !
आखिरीमा पत्ता लाग्याे भाग्य रैछ डाेकाे ।
२.
भ्यागुताकाे धार्नी कैले पुग्छ यस्तै बात भए
पँधेराकाे गफ हुन्छ हिँडाइमा घात भए
जति मथे पनि दही नाैनी कतै निस्कदैन
खुट्टा काँप्न बेर छैन उज्यालैमा रात भए ।
३.
ढुङ्गा बाेल्न थाले यहाँ माटाे बाेल्न थाले
उँभाे लग्ने हामीलाई काे छाै ? भन्न थाले
गर्छाैँ भन्ने माथि पुगे बिर्से सबैलाई
त्याे पनि हाे ऊ पनि हाे भन्दै गन्न थाले ।
नुवाकाेट हाल काठमाडाै