मकवानपुर । मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादी हेटाैडा १२ का सुनिल कुमार सिं तामाङ भन्ने सुनिल थिङ्ग र हेटाैडा ९ का राज कुमार काेइरालालाई पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७६ मंशिर १० गतेको फैसलाले लागुऔषध गाँजा चरेस मुद्दामा १२ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी थिङ्गलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज १ गते शुक्रबार हेटाैडा १२ बाट पक्राउ गरिएकाे हाे ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०७४ साल चैत २६ गतेको फैसलाले लागुऔषध मुद्दामा १ महिना १० दिन कैद र ३ हजार ५ सय जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी कोईरालालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज ४ गते साेमबार हेटाैडा ९ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको प्रहरीले जनाएकाे छ ।