मकवानपुर । अहिले सुदुर पश्चिम प्रदेश सहितका प्रदेशहरुकाे पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेकाे छ भने तराई भू-भागमा आंशिक बदली रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेकोले देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएकाे छ ।
देशभर आंशिक देखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी र सुदुर पश्चिमको एक दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएकाे छ ।
उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले प्रकाशित गरेकाे बुलेटिनमा उल्लेख गरेकाे छ।
आगामी ३ दिनको मौसम पूर्वानुमान
आश्विन ४ गते सोमबार देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।
आश्विन ५ गते मंगलबार देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
आश्विन ६ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।