मकवानपुर । मकवानपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा हेटौडाबाट ७ जना पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चाईना क्वाटरबाट शनिबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हाे। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टोलीले हेटौंडा–१ चाईनाक्वाटरस्थित राकेश केसीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा हेटौडा-१ का ३७ वर्षीय राकेश केसी घर धनी, हेटौंडा-१० का १० का ४२ वर्षीय रमेश श्रेष्ठ, ३८ वर्षीय प्रदिप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, जिल्ला धादिङ धुनिवेशी नगरपालिका-९ घर भई हाल हेटौंडा बस्दै आएका ३६ वर्षीय बाबु कृष्ण उप्रेती, हेटौंडा-१ का ५५ वर्षीय एक बहादुर थापा र हेटौंडा-४ का ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पक्राउ परेकाको साथबाट ४ बुक तास , नेपाली रुपैया २६ हजार ९ सय ८५ रुपैया र भारतीय रुपैया १ हजार ५ सय नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुकाे सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।