मकवानपुर । संविधान दिवस २०७८ को अवसरमा खुल्ला दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । असाेज २ गते शनिवार विहान भएकाे ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा महेश मोक्तान प्रथम भएका छन् ।
संविधान दिवस, मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको प्रतियोगितामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्यामकुमार राई क्रमश द्वितीय र तृतीय भएका छन् ।

प्रथम भएका मोक्तानले निर्धारित ५ किमीको दुरी १६ मिनेट २१.८८ सेकेण्डमा पुरा गरेका थिए । यस्तै द्वितीय भएका साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्ड र तृतीय भएका राईले १७ मिनेट १६.५३ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमैसंग १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्ने जिल्ला एथलेटिक्स संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । पुरस्कार भाेली असोज ३ गते संविधान दिवसको दिन हुने विशेष कार्यक्रममा प्रदान गरिने पनि पोखरेलले बताए ।