मकवानपुर । मकवानपुर प्रहरीले अंशदर्ता मुद्दामा फरार रहेका १ जना प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालत, हेटौंडाको २०७० साल असार २ गतेको फैसलाले अंशदर्ता मुद्दामा जरीवाना भुक्तान गर्न बाँकी भई फरार रहेकी बिनिता माया नेगीलाई प्रहरीले भदाै ३० गते बुधबार पक्राउ गरेको हो ।
हेटाैडा उपमहानगरपालिका वडा न ३ बस्ने नेगीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ बाटै पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएकाे छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत पठाइएको छ ।