मकवानपुर । प्रतिनिधिसभा अर्काे बैठक असोज ४ गते बस्ने भएकाे छ । एमालेको अवरोधकै बीच मंगलबार सुरु भएकाे प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते बस्ने गरी स्थगित भएको हाे ।
मंगलबारकाे बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । एमाले अवरोधकै उक्त प्रस्ताव बहुमतले पारित भएको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।