मकवानपुर । एकिकृत समाजवादीका सांसदहरुकाे पत्र बागमती प्रदेशसभामा दर्ता भएकाे छ । याे सँगै बागमती प्रदेशसभामा नयाँ दल नेकपा (एकिकृत समाजवादी) थपिएको छ । नेकपा (एकिकृत समाजवादी) नेकपा एमाले विभाजन भइ बनेकाे नयाँ दल हाे ।
निर्वाचन आयोगले पठाएकाे एकिकृत समाजवादीमा सनाखत गरेका सांसदहरुको नामावली सहितको पत्र आइतबार प्रदेशसभामा दर्ता भएको हाे । नेकपा एसका सांसद राजेन्द्र पाण्डेसहितको टोली पत्र दर्ताका लागि प्रदेशसभामा पुगेका थिए ।
बागमती प्रदेशसभामा एकिकृत समाजवादीका १३ सांसद रहेको पत्रमा उल्लेख गरिएको छ । यसअघि २०७४ सालकाे निर्वाचनबाट बागमती प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशिल साझा, नेपाल मजदुर किसान पार्टी रहेका थिए । एक स्वतन्त्र सांसद् रहेका छन् । उनी जसपा निकट रहेका छन् । याे सँगै बागमती प्रदेशसभमा दलकाे संख्या ७ भएकाे छ ।

