मकवानपुर । जनसाहित्यिक मञ्च बागमती प्रदेश संयोजकमा मसान उपासक चयन भएका छन् । जनसाहित्यिक मञ्च नेपालको शनिबार भएकाे भर्चुअल भेलाबाट मञ्चकाे बागमती प्रदेश संयोजकमा मसान उपासक चयन भएका हुन् । यस अघी उपासक मञ्चकाे सचिवालय सदस्य थिए ।
मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो । शनिबारकाे भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय समिति पनि चयन गरेको छ । भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ ।
मकवानपुरको दुई जनाले यो पटक केन्द्रमा स्थान पाएका छन् । मसान सँगै मकवानपुरका सुनिल गौतम केन्द्रिय सदस्य चयन भएका छन् । साथै प्रदेशमा मकवानपुरका गणेश तिमल्सिना चयन भएका छन् । बागमती प्रदेशमा संयोजक मसान उपासक र सदस्यमा तिमल्सिना सहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, चितवनका अम्बिका कार्की चयन भएका छन् ।
भेलाले राम बिनयको संयोजकत्वमा १ सय ५ सदस्यीय केन्द्रिय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ । उपासक नेकपाको दुई साहित्यिक संस्था एकताको समयमा पनि संयोजक रहेका थिए । वास्तविक (रजिष्टर्ड) नाम मिनप्रसाद सञ्जेल रहेका उपासक मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल नाम हाे ।