मकवानपुर । मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । बहु विवाह र चाेरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
रौतहट जिल्ला अदालतको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष कैद र ५ हजार रुपैया जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी फरार प्रतिवादी नितेश कुमार केशरीलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
पर्सा घर भई हाल जिल्ला हेटाैडा उपमहानगरपालिका १० बस्ने ३४ बर्षीय केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २३ गते बुधबार हेटाैडा १० बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहट पठाईएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालत हेटौडाको २०४८ साल साउन २३ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ३ दिन कैद र र ३ हजार रुपैया जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी फरार प्रतिवादी दिल बहादुर राउत क्षेत्रीलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
हेटाैडा उपमहानगरपालिका ६ बस्ने दिल बहादुर राउत क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २३ गते हेटाैडा ६ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको प्रवक्ता रिमालले बताए।