मकवानपुर । आँचल साहित्य कला पुञ्जले कुशेऔंसीको अवसरमा आयोजना विशेष कविता प्रतियोगितामा ३ जना उत्कृष्ट भएका छन् ।
बा कुशेऔसी विशेष कविता प्रतियाेगितामा प्रसिद्धिका लम्साल, रोशनी चौलागाईं, सुविन रिमालको कविता उत्कृष्ट भएको छन् । कुशेऔसी तथा पितृ सम्मान दिवस विशेषको अवसरमा भर्चुअल माध्ययमबाट आयोजना गरिएको कविता प्रतियोगितामा कविता प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । ती मध्येबाट ३ जना उत्कृष्ट चयन गरिएको आँचलले जनाएको छ ।
प्रतियोगिताको निर्णायकमा कवि सुवास खनाल र शान्तिप्रिय वन्दना रहेका थिए । उत्कृष्ट ३ जनालाई जनही १ हजार ५ सय नगदसहित प्रमाणपत्र उपलब्ध गराईने सचिव भावना सापकोटाले जानकारी दिइन् । प्रतियोगिता आयोजना गर्न हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सहयोग गरेको थियो ।
आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बढ्र्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल रहेका थिए । कार्यक्रममा आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, पूर्णकला घिमिरे, निरा शर्मा, सविता तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।