मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । बिगतमा भन्दा यो बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । यसै बीचमा कांग्रेस मकवानपुरकी सदस्य इन्दिरा न्यौपालेले आसन्न जिल्ला अधिवेशनमा सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
धमाधम उमेद्धवारी घोषणा भैरहेको बेला नेतृ न्यौपानेले १४ औ महाधिवेशनमा उनले जिल्ला सहसचिव पदमा उमेद्धवारी दिने घोषणा गरेकी हुन् । न्यौपानेले ट्रेड युनियन र तरुणदल हुदै जिल्ला सदस्य भैसकेकाले महिलाको सहभागीताकाे लागि सहसचिवमा खुल्ला तर्फ उम्मेद्धवारी रहने बताइन् । २०५३ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएकी न्यौपाने असोज १० गते हुने जिल्ला तहको निर्वाचनमा सह–सचिव पदमा उम्मेदवारी दिने तयारीमा गरेकाे बताउँछिन् ।
न्यौपानेले महिलालाई सधै कोटा प्रणालीमा मात्र सिमित हुने परम्परालाई तोड्दै आफुले खुल्ला तर्फ सहसचिव पदमा उम्मेद्धवार दिन लागेको बताएकी हुन्। यस अघि नेतृ न्यौपानेले महिला संघको सचिवमा एक कार्यकाल, तरुणदल महिला बिभागको केन्द्रिय सदस्यमा एक कार्यकाल, कांग्रेस मकवानपुर जिल्ला सदस्यमा कार्यकाल भूमिका निर्वाह गरिसकेकी छिन् । यो संगै बिभिन्न संघसंस्थाको नेतृत्व तहमा आफ्नो भूमिका निर्वाह गरीसकेको बताउदै नेतृ न्यौपानेले यस पटक सहसचिवमा विजयी गराउन सम्पुर्ण कांग्रेस जनमा आग्रह समेत गरेकी छन् ।
आफु सधै महिलाहरुको पक्षमा आवाज उठाउदै उनीहरुकै हकहित र अधिकारका लागि लड्दै आएको बताउदै जिल्ला तहको पदाधिकारीमा पुग्न सके अझ ससक्त भूमिका निर्वाह गर्ने आफनो उद्देश्य रहेको न्यौपाने बताउँछिन् । गैरसरकारी संस्था मकवानपुरको जिल्ला कोषाध्यक्ष भएर दुई कार्यकाल काम गरेको अनुभवसँगै महिला ससक्तिकरण तथा गरिवी निवारण समुह नेपाल मार्फत मकवानपुरका करीब १० हजार महिलाहरुलाई स्वरोजगार बनाउन आफूले भूमिका निर्वाह गरेको नेतृ न्यौपानेले बताइन् ।
लामो समय नेपाली कांग्रेस र पार्टी कै हकहित तथा संगठन बिस्तारमा अहोरात्र खटिएको अनुभवलाई जिल्ला सहसचिव मार्फत अझ सकृय हुन आफुमा प्रेरणा मिल्ने उनकाे भनाई रहेकाे छ । अर्काको आशिर्वाद लिएर भन्दा खुल्ला रुपमा प्रतिष्पर्धाबाट निर्वाचनमा भाग लिई नेतृत्व गर्न आफुलाई मन पर्ने भएकाले उनले खुल्ला तर्फको सहसचिव पदमा आफुले उमेद्धवारी दिने बताउँछिन्।
नेपाली कांग्रेस पार्टीकाे आगामी मंसिरमा हुने १४ औं महाधिवेशनको उत्साह कार्यकर्ताहरुमा छाएको हाे । मकवानपुर जिल्लाका वडा तहमा आईतबार निर्वाचन सम्पन्न भैसकेको छ । नेपाली कांग्रेस नेताहरुलाई गाउँपालिका/नगरपालिका र जिल्ला तहको निर्वाचन कार्यक्रमले छोएको छ । अहिले कांग्रेस नेताहरु आ-आफनो उमेद्धवारी घोषणा गर्ने र प्यानल बनाएर निर्वाचनको तयारी गरीरहेका छन् ।
मकवानपुर जिल्ला सभापतिमा अहिलेसम्म आधिकारीक घोषणा कसैले गरेको छैन । जिल्ला उपसभापतिमा होमनाथ गौतमले उम्मेद्धवारी घोषणा गरेका छन् । नगरसभापतिमा राजेश बानियाँ र उत्सव इटेनीलेले घोषणा गरेका छन् ।