मकवानपुर । मकवानपुरका २ प्रमुख, २ उपप्रमुख सहित ३९ जना जनप्रतिनिधिले नेकपा एमाले छाेडेका छन् । हेटौंडा-५ स्थित प्रदेश निर्वाचन कार्यालय अनुसार मकवानपुरमा २ जना प्रमुख र २ जना उपप्रमुख सहित सहित ३९ जना जनप्रतिनिधिले एमाले त्याग गर्दै समाजवादीमा सनाखत गरेका छन्।
सनाखत गर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट सहित जिल्लाका विभिन्न स्थानीय तहका केही वडा अध्यक्षहरु र केही वडा सदस्यहरु रहेका छन् ।
नेकपा एमाले (एकिकृत माक्सवाद लेलिनवाद) बाट विजयी भएका प्रदेश तथा स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयाेगले दल रोज्न दिएको समय सकिएको छ । नेकपा एमालेबाट माधव नेपाल समूहले नेकपा एकिकृत समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता गरेपछी दल राेज्न समय सिमा ताेकिएकाे थियाे ।
निर्वाचन आयोगले गएको भदौ १५ गतेदेखि भदाै २२ गते मंगलबार ५ बजेसम्म नेकपा एमालेबाट विजयी भएका जनप्रतिनिधिहरुलाई माधव नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोज्न समय दिएको थियो ।
यसैगरि प्रदेश निर्वाचन कार्यालय अनुसार बागमती प्रदेशमा १३ जना प्रदेश सदस्यहरुले नयाँ पार्टी समाजवादीमा सनाखत गरेका छन् ।