मकवानपुर । नेपाली कांग्रेस हेटौडा १८ को सभापतिमा राजेन्द्रराज बानियाँ चयन भएका छन् । हेटौडा १८ को १४ औं वडा अधिवेशनबाट राजेन्द्रराज बानियाँ सभापतिमा सर्बसम्मत चयन भएका हुन् ।
आईतबार भएको अधिबेशनबाट उपसभापतिमा पुरुषोत्तम अधिकारी र गोर्कण सुबेदी,सचिवमा युवराज खतिवडा र बेन्जन थापा, सहसचिवमा मनिल थापा र रजनी श्रेष्ठ चयन भएका छन । १८ नं. वडाबाट नेपाली काग्रेस मकवानपुरका जिल्ला कोषाध्यक्ष गोपीलाल बिक,जिल्ला सहसचिब रामबाबु बानिया,जिल्ला सदस्य शुसान्त कुमार क्षेष्ठ लगायत २८ जना क्षेत्रिय प्रतिनिधि सर्बसम्मत चयन भएका छन् ।
१८नम्बर वडामा नेपाली कांग्रेसको क्रियाशिल सदस्य दुई सय ७६ जना रहेका छन । याे वडा नेपाली काग्रेस मकवानपुरका सभापती ईन्द्रबहादुर बानियाको वडा समेत हो ।