मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडी स्थित गुम्बाडाँडामा तीज बिशेष कार्यक्रम भएको छ । हिन्दु नारीहरुकाे पर्व तीजकाे अवसरमा अखिल नेपाल महिलासंघ हेटौंडा–१८ वडा कमिटीको आयोजनामा कार्यक्रम गरिएकाे हो ।
कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका थिए । कार्यक्रममा लोक गायक बद्री पंगेनीले गायनमा स्थानीय महिलाहरुले नाचेर साथ दिएका थिए । गायक पंगेनीसँगै प्रतिमा अर्याल र भूमिका गिरीले लोक भाकामा आफ्ना गित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, नेकपा एमाले मकवानपुरका नेता कमल विष्ठ, मेयर महतका राजनीतिक सल्लाहकार नरहरी महत, अखिल नेपाल महिलासंघका केन्द्रीय सदस्य पद्मा पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।