मकवानपुर । भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको नेपाल भारतकाे दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको ८७ औँ मिनेटमा नेपालका तेज तामाङले एक गोल फर्काए।
साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो।
यसै बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गरेका छन् ।