मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा न १५ का ४ सय २५ जना एमाले पार्टी प्रवेश गरेका छन् । हेटौंडा १५ मा विभिन्न पार्टी परित्याग गरि उनीहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका प्रवेश गर्नेहरुलाई एमाले केन्द्रीय सदस्य एवं बागमी प्रदेशका निबर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
एमाले पार्टी प्रवेश गर्नेहरुमा सङ्घीय समाजबादीका जिल्ला सदस्य राजेन्द्र वाईवालगायत स्थानीय समाजसेवी दिपक ब्लोन, आइजित भोम्जन, सिंह घलान, उत्तम भोलन, मेजर सिंह मोक्तान, लालबहादुर भोम्जन मनोज भोम्जन, जीवन श्रेष्ठ, रामशरण बिश्वकर्मा, सन्जय भोम्जन सहित ४ सय २५ जना रहेका छन् ।
एमाले १५ नम्बर वडाकमिटी पर्शबहादुर भुजेलको सभाध्य्क्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल, प्रदेशका सदस्य तथा जिल्ला समन्वय मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाे सहभागी रहेका थिए ।