मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भदाै २३ गते बुधवार सङ्घीय संसद्को दुबै सदनकाे अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आउँदाे बुधवार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनकाे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । शनिवार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८र५र१९ को सिफारिसमा संवत् २०७८ साल भदौ २३ गते बुधवारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’
