मकवानपुर । ठाकुरदत्त खतिवडाकाे नेतृत्वमा ट्रेड युनियन महासंघ हेटाैडा उपमहनगर कमिटि गठन गरिएकाे छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौंडा उपमहानगर कमिटिको शनिबार हेटौंडामा भएको भेलाले खतिवडाको अध्यक्षतामा २१ सदस्यीय उपमहानगरपालिका कमिटी गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा बलराम पौडेल, सचिव लक्ष्मण छतकुली, सहसचिव नकुल अगस्ती, कोषाध्यक्ष केदार खड्का, सदस्यहरुमा सागर चौलागाई, बद्रि लोप्चन, सरोज पौडेल लगायत चयन भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ललित घलानको प्रमुख आतिथ्यतामा भेला भएकाे हाे ।
भेलामा जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक), अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई, उपाध्यक्ष रामशरण घिमेरे, औद्योगिक मजदुर संघका अध्यक्ष ज्ञानेन्द्र लामिछाने, अखिल नेपाल सेक्युरिटी संघ मकवानपुरका अध्यक्ष रबीन्द्र केसी, निर्माण मजदुर संघ मकवानपुरका अध्यक्ष मन कुमार लो लगायतको आतिथ्यता रहेको थियो ।