मकवानपुर । हेटाैडाकाे कर्रा खाेलाले ट्रक सहित बगाएका २ मध्ये १ काे शव भेटियाे छ । हेटौंडा –१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित २ जनालाई शुक्रबार बगाएको थियो ।
शुक्रबार र शनिबार प्रहरी, स्थानीय वासिन्दा र नेपाली सेना सहितको टोलीले खोजी गर्दा भदाै १९ गते गणेश थापा मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलबाट करिब २ सय मिटर तल खोलामा १ जनाको शव भेटिएको हाे । खाेलाले बगाएकाे मध्ये अर्का १ जनाको खोजी कार्य भइरहेको छ।
शनिबार कर्रा खाेलाले ट्रकका चालक ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापा मगरलाई बगाएको थियो । पानीको बहाव घटेसँगै ट्रक करिब १ सय मिटर पर फेला परेको थियो ।