मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बकैया गाउँपालिकाको अध्यक्षमा जिमि स्याङतान लो चयन भएकी छन् ।
शुक्रबार बकैया-७ मा रहेकाे धनेश्वर पार्कमा भएको भेला तथा सम्मेलनले स्याङतानको नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन गरिएको बकैया गाउँपालिका उपाध्यक्ष एवं एमाले मकवानपुरको जिल्ला सदस्य सरला बोलखेले जानकारी दिईन् ।
कमिटिको उपाध्यक्षमा सुनिता घिमिरे ढकाल,सचिवमा सानुमाया वाईवा,उपसचिवमा शिव कुमारी राई,कोषाध्यक्षमा ज्वोती भ्लोन सर्वसमत चयन भएको सदस्य बोलखले बताईन् । नेकपा एमाले बागमती प्रदेश सदस्य एवं अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्यहरु दल बहादुर वाईवा,कृष्ण चौलागाई, सुस्मिता घोरासैनी,अनेमसंघ बागमती प्रदेश सदस्यहरु सिता खनाल,लक्ष्मी चौलागाई,अनेमसंघ मकवानपुरको अध्यक्ष सुमित्रा काफ्ले,बकैया-७ का वडा अध्यक्ष रामकाजी लामिछाने,युवा संघ बकैया संयोजक विजय वाईवा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिन्दु महिलाहरूकाे पर्व हरितालिका तीज विषेश शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा करिब ५ सय महिलाहरुको सहभागिता रहेको थियो ।