मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे मकवानपुर बकैयामा पार्टी कार्यालय उद्घाटन भएकाे छ । विहीबार राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बकैया गाउँपालिका–३ हात्तीसुँडेमा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
अध्यक्ष थापाले आगामी फागुनमा हुने स्थानीयतहरूको निर्वाचनमा राप्रपालाई सफल तुल्याउने क्रममा संगठन बलियो बनाउन तथा घरदैलोमा पुगेर जनताको मन जित्न कार्यकर्ताहरुमा आग्रह समेत गरेका छन्।
कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा, बद्री कुँवर, दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ, अर्जुन तिमल्सिना, भरत लामिछाने, राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो ।