मकवानपुर । नेकपा (एकिकृत समाजवादी) को जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । नेकपा एमालेबाट विभाजित भएर निर्वाचन आयाेगमा नयाँ दल दर्ता भएकाे नेकपा (एस) काे विहीबार भएको मकवानपुर जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि चयन भएकाे हाे ।
नेकपा एसकी केन्द्रीय सदस्य मुुनु सिग्देलले जिल्ला कमिटि उपाध्यक्षमा मिना कुमारी लामा र सचिवमा बिष्णु दाहाल चयन भएकाे घोषणा गरेकी हुन् । लामा हेटौँडा उपमहानगरपालिकाकी निर्वाचित उपमेयर हुन् ।

नेकपा (एस) दर्ता पछी निर्वाचन आयाेगले नेकपा (एकीकृत माक्सवार्द लेलिनबाद) बाट निर्वाचित जनप्रतिनिधीहरुलाइ आगामी भदाै २२ सम्मकाे समय सिमा ताेकेर दल राेज्न भदाै १३ गते सूचना जारी गरेकाे छ । यस अघी बागमती प्रदेश सभाका १२ सासदले नेकपा (एस) पार्टीमा सनाखत गरी दल राेजेका छन् ।