मकवानपुर । बकैया गाउँपालिकामा ४ सय ८७ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । बुधबार बकैया ३ मा भएकाे पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ४ सय ८७ जना काँग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेको भातृ संगठन युवा संघ बकैया सहसंयोजक दीपक बज्यु, माओवादी गाउँ कमिटि संयोजक देवकुमार मोक्तान, नेकपा एमालेका स्थानीय नेता मानबहादुर स्यांतान, आकाश न्यासुर, राप्रपाका स्थानीय नेता रमेश भोम्जन लगायत ४ सय ८७ जना पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरूलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए । भक्तबहादुर भोलनको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया सभापति भुमिनन्द गौतम, विभिन्न वडाका अध्यक्षहरू, पार्टीका भातृसंगठन एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।